Sunday, August 2, 2015

निर्माणको अन्तिम चरणमा चन्द्रागिरि केबलकार

Chandragiri Cable Car Project Chandragiri is famous hill range in Kathmandu valley. By installing cable car at Chandragiri, it enhance added in the culture of our society and boast prestige internationally. Chandragiri Ranges, Tribhuvan Park, picnic spot. Chitlang, ancient village Goat farming in Chitlang. Mushroom Farming in Thankot CVhundevisthan, religious places Bhaleshwar a religious places at Chandragiri Ranges. Project Highlights Development Region: Central Zone: Bagmati District: Kathmandu VDC: Thankot Altitude: 1,489 Road Head: Thankot/Tribhuwan Park Upper Terminal (m): 2,539 Lower Terminal (m): 1,489 Upper/Lower Terminal: Next to Chandragiri Bhanjyang/ Thankot/Tribhuwan park Elevation difference (m): 1050 Horizontal/Slope Length (km): 3.020/3.200 Average gradient: 33% Max./Min. gradient: 55%/10% Capacity Person/hr: 350 Total Operation day: 300 Total Project Cost (million): 245 Electro-mechanical Works (million Rs): 98 Civil Works (million Rs): 51 Others (million Rs): 96 Total Income per year (million Rs): 117 Total operation Cost of Per year (million Rs): 39 Total Benefit per year (million Rs): 78 Interest Payment (%): 10 IRR (%): 30.00 NPV (Million Rs) at 10% Interest: 256 Pay Back Period: 3 years 2 month

काठमाडौं फनपार्क प्रालिले थानकोट–चन्द्रागिरि केबलकारको निर्माणकार्य तीव्र रूपमा गरिरहेको छ । अहिले केबलकारको बटम र टप स्टेसनमा धमाधम काम भइरहेको कम्पनीले जनाएको छ । त्यसैगरी केबलकार टावरको जग हाल्ने काम पनि तीव्र रूपमा भइरहेको छ ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्पले गर्दा निर्माण केही ढिलाइ भएको बताए । ‘असारभित्रै व्यावसायिक रूपमा सञ्चालन गर्ने लक्ष्य राखी काम भइरहेको थियो, तर भूकम्प र ढुंगागिट्टीलगायतका निर्माण सामग्रीको अभावमा निर्माण प्रभावित भयो,’ आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले भने, ‘जनवरीबाट जुनसुकै हालतमा पनि व्यावसायिक सञ्चालन सुरु गर्ने गरी काम भइरहेको छ ।’
प्रालिका अनुसार बटम स्टेसनमा भौतिक संरचनाको काम सकिएको छ । बटम स्टेसनको भवनमा केबलकारको उपकरण जोड्ने काम भइरहेको छ । अध्यक्ष ढकालले तीन महिनामा केबलकारको उपकरण जडान भइसक्ने बताए । टप तथा बटम स्टेसन, टावर जडान, मन्दिर तथा होटल निर्माणमा करिब तीन सय मजदुर परिचालन गरिएको छ ।
कम्पनीले केबलकार स्टेसन थानकोटमा सबै उमेरसमूहका लागि उपयुक्त हुने मनोरञ्जन पार्क, चन्द्रागिरिमा अत्याधुनिक होटल तथा रिसोर्ट, मन्दिर र भ्युटावर निर्माण गरिरहेको हो । त्यसैगरी कम्पनीले चन्द्रागिरि डाँडामा करिब १० करोड रुपैयाँको लगानीमा इच्छापुरेश्वर महादेवको मन्दिर पनि बनाउँदै छ । ‘चीन र भारतका केही भूभागसमेत देखिने गरी भ्युटावरको पनि निर्माण भइरहेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले भने, ‘आकाश खुलेका वेला यहाँबाट हिमालदेखि तराईसम्म र काठमाडौं उपत्यकाका मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।’
पौडेलका अनुसार अस्ट्रियाको डुपल मेयर कम्पनीबाट केबलकार, लठ्ठालगायत सबै उपकरण आइसकेका छन् । थानकोटबाट केबलकार चढेर गएपछि चन्द्रागिरि डाँडामा पुग्ने यात्रीले सबैभन्दा पहिले इच्छापुरेश्वर महादेवको दर्शन गर्न पाउनेछन् । सँगैको भ्यु–टावरबाट तीन सय ६० डिग्रीसम्म देखिने हिमाल र उपत्यकाले मनै रोमाञ्चित बनाउनेछ । महालंगुर हिमशृंखलादेखि अन्नपू्र्ण हिमशृंखालसम्म हेर्दै रिसोर्टमा बसेर मज्जा लिन सक्नेछन् । आकाश खुलेका वेला यहाँबाट हिमालदेखि तराईसम्म देखिन्छ ।
त्यसैगरी फुडस्टल र रेस्टुराँ पनि रहनेछ । त्यति मात्रै होइन, समुद्री सतहबाट करिब २५ सय ४० मिटर उचाइमा बसेर फोरडी थिएटरमा फिल्मको मज्जासमेत लिन सकिने कम्पनीले जनाएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपहिले इच्छापुरेश्वर महादेवको दर्शन गरी काठमाडौं उपत्यकामा विजयी गरेको किंवदन्तीअनुसार उक्त ठाउँमा पशुपतिनाथको जस्तै झल्को दिने गरी मन्दिर बनाइएको पौडेलले बताए । चन्द्रागिरि डाँडामा सय रुमको तीनतारे सुविधासहितको रिसोर्ट पनि धमाधम बनिरहेको छ ।
११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरि पुग्ने केबलकारको लम्बाइ २.४ किलोमिटर छ । केबलकारबाट आठ मिनेटमा चन्द्रागिरि पुग्न सकिनेछ । प्रतिघन्टा एक हजार यात्रु क्षमतासहित केबलकारको पूर्वाधार जडान भइरहेको छ । बटम स्टेसनमा दुई सय कार, चार सय मोटरसाइकल र सयवटा बस पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाइएको छ । चन्द्रागिरि डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो । सम्झौतामा अर्को ४० वर्षका लागि नवीकरण गर्न सकिने व्यवस्था छ ।
केबलकारमा आइएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल र बेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरू उत्तम नेपाल, नवराज नेपाल र उमा जिसीले लगानी गरेका हुन् । सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट, ग्रान्ड, सिद्धार्थ र प्रभु विकास बैंकले सहवित्तीयकरणमा ऋण प्रवाह गरेका छन् ।
केबलकारको निर्माण अहिले कुन चरणमा पुगेको छ ?
निर्माण सुरु भएको करिब १५ महिना भयो । केबलकार निर्माण तीव्र रूपमा भइरहेको छ । अबको तीन महिनाभित्र केबलकार जडान सकिन्छ । ढिलोमा पनि नयाँ वर्ष जनवरी (पुस)को दोस्रो हप्ताबाट व्यावसायिक रूपमा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ । असारबाट सञ्चालन गर्ने लक्ष्य राखेका थियौँ, तर भूकम्प र ढुंगागिट्टीलगायतका निर्माण सामग्रीको अभावले गर्दा निर्माण अवधि केही लम्बिएको हो । तर, जनुसकै हालतमा पनि जनवरीबाट व्यावसायिक सञ्चालन गर्ने गरी काम भइरहेको छ ।
केबल निर्माणका लागि चन्द्रागिरि नै किन छनोट गर्नुभयो ?
चन्द्रागिरि ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । काठमाडौं उपत्यकाबाट नजिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ भएकाले चन्द्रागिरिलाई छनोट गरेका हौँ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौं उपत्यका हेरेको र काठमाडौं उपत्यकाको उर्वराभूमि देखेपछि उपत्यकामा आक्रमण गरेको इतिहासमा उल्लेख छ । यो ठाउँ काठमाडौं उपत्यकाबाट नजिकै रहेको छ । मौसम सफा भएका वेला भारत र चीनका केही भूभागको दृश्यावलोकनसमेत गर्न सकिन्छ ।
धेरै विकास परियोजना स्थानीय बासिन्दाको अवरोधले निर्माण प्रभावित हुने गरेको छ, तपाईंहरूको परियोजनामा त्यस्तो समस्या छ कि छैन ?
यत्रो ठूलो परियोजना कार्यान्वयनमा लैजाँदा केही न केही समस्या त आइहाल्छ । तर, केबलकार निर्माणमा स्थानीय बासिन्दाले ठूलो सहयोग गरेका छन् । अवरोध गर्नेभन्दा उनीहरूको भूमिका सहयोगी देखिएको छ । स्थानीय राजनीतिक दल, नागरिक समाज, सरकारी तहसहित सबैबाट निर्माणमा सहयोग पाएका छौँ ।
तपाईंहरूले महत्त्वकांक्षी परियोजना अगाडि बढाउनुभएको छ, निर्माण सम्पन्न भएपछि कस्तो अपेक्षा राख्नुभएको छ ?
नेपालको निजी क्षेत्रको लगानीमा निर्माण भइरहेका ठूला परियोजनामध्ये यो पनि एक हो । यसमा करिब सवा तीन अर्ब रुपैयाँ लगानी गर्दै छौँ । चन्द्रागिरिलाई आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउँदै छौँ । विदेशी पर्यटकलाई चन्द्रागिरिको भ्रमण गराएर एक दिनको बसाइ लम्ब्याउन सकियो भने पनि यसले पर्यटन उद्योग र समग्रमा नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँछ भन्ने लाग्छ ।
प्रस्तुति : सचेन गौतम/अभियान

No comments:

Post a Comment