Sunday, August 2, 2015

एक वर्षभित्र थानकोट-चन्द्रागिरि केबुलकार

Chandra giri cable car

हेटौंडा, आश्विन २५ – एक वर्षभित्र निर्माण सक्ने योजनासहित मुलुकको ऐतिहासिक पैदल मार्ग थानकोट-चन्द्रागिरिमा केबुलकार निर्माण पुनः थालिएको छ । गिट्टी र बालुवा अभावका कारण रोकिएको कामले पुनः गति लिएपछि एक वर्षभित्र निर्माण सक्ने लक्ष्य निर्माणकर्ता कम्पनी काठमाडौं फनपार्कले लिएको हो । ‘२०७२ सालको दसैंअघि सञ्चालनमा ल्याउने लक्ष्यसाथ काम गरिहेका छौं,’ फनपार्कका इन्जिनियर दिलीप श्रेष्ठले भने, ‘गिट्टी, बालुवा समस्याले २ महिना निर्माण रोकियो ।’ केबुलकारको टप (माथिल्लो) स्टेसन चन्द्रागिरिको डाँडामा स्वच्छन्द निर्माण सेवा र बटम (फेदी) स्टेसन थानकोटमा सीई कन्स्ट्रक्सनले निर्माण कार्य गरिरहेका छन् ।
अस्टि्रयाको ‘डुअल मेयर’ कम्पनीबाट केबुलकारलगायत उपकरण नेपाल आइसकेका छन् । बटम स्टेसनमा केबुलकारको जग खन्ने काम सम्पन्न भइसकेको छ ।
चन्द्रागिरिमा निर्माण सामग्री लैजान ‘एस्सेस रोड’ बनाउने काम ३ दिन भित्रमा सम्पन्न हुने अवस्थामा पुगेको छ । थानकोटबाट चन्द्रागिरि साढे २ किलोमिटरमा केबुलकारका ११ टावर रहने छन् । केबुलकारमार्फत ९ मिनेटमा थानकोटबाट चन्द्रागिरि डाँडा पुगिन्छ । थानकोटबाट चन्द्रागिरि हिँडेर जानका लागि साढे २ घन्टा लाग्छ । थानकोटदेखि चन्द्रागिरि डाँडासम्मको साढे २ किलोमिटरको दूरीमा १९ वटा क्याबिन -गोन्डोला) राखिने छ,’ फनपार्कका प्राविधिकले भने, ‘एउटा क्याबिनमा ८ जना अट्ने क्षमता हुन्छ ।’
प्रतिघन्टा ५ सय जना यात्रु आवतजावत गर्ने क्ष्ामताको हुने छ । यात्रुको चाप बढ्यो भने ३९ वटासम्म क्याबिन जडान गर्न सकिने इन्जिनियर श्रेष्ठले भने । केबुलकारसँगै चन्द्रागिरिमा फनपार्क प्रालिले इच्छापूर्णेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणपूर्व इच्छापूर्णेश्वर महादेवको दर्शन गरेपश्चात् काठमाडौंमा विजय प्राप्त गरेका थिए । जीर्ण अवस्थामा रहेको उक्त ऐतिहासिक मन्दिरको आकर्षक ढंगले निर्माण गर्न लागेको हो । वाषिर्क ५ लाख पर्यटकलाई चन्द्रागिरि डाँडामा लैज्ााने उद्देश्यका साथ प्रालिले केबुलकारको निर्माणसँगसँगै चन्द्रागिरिमा सुविधायुक्त रिसोर्टको पनि निर्माण कार्य सुरु गरेको छ । प्रालिले बटम स्टेसन थानकोटमा फनपार्क र चन्द्रागिरिमा तीनतारे होटल निर्माण गर्ने छ ।
दुई परियोजना २०७२ सालसम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । कम्पनीले ८० रोपनी जग्गा खरिद गरेर बटम स्टेसनको निर्माण कार्य अगाडि बढाएको हो । चन्द्रागिरि डाँडामा ७ सय २० रोपनी जमिन सरकारसँग ४० वर्षका निम्ति भाडामा लिएको छ । २ अर्ब ३२ करोडको लगानीमा उक्त कम्पनीले केबुलकार, फनपार्क, होटल र मन्दिर निर्माण गर्न लागेको हो । आईएमई समूह, भाटभटेनी, अम्बिका पौडेल, चन्द्र ढकाल, उमा विष्टलगायतको लगानीमा निर्माण गर्न लागेको हो । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा ६ वटा बंैकहरूले ऋण लगानी
गरेका छन् । त्रिभुवन राजपथ बन्नुअघि चित्लाङ-चन्द्रागिरि र थानकोट उपत्यका प्रवेश गर्ने मुख्य प्रवेशद्वार हो ।
स्रोत: ईकान्तिपुर

No comments:

Post a Comment